मुस्ताङ । नेपाली सेनाको आयोजनामा मुस्ताङको जोमसोममा ‘प्रथम प्रधान सेनापति अन्तर्राष्ट्रिय हाई अल्टिच्युड ट्राई एडभेन्चर प्रतियोगिता २०७९’ सुरु भएको छ । प्रधान सेनापति प्रभुराम शर्माले उद्घाटन गरेको प्रतियोगितामा स्वदेश तथा विदेशका गरी २३ टिमको सहभागिता रहेका छन् ।
प्रतियोगिता अन्तर्गत क्लाइम्बिङ, रनिङ र साइक्लिङमा खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । खेलाडीले प्रतियोगितामा २० दशमलव २ किलोमिटर दूरी पार गर्नुपर्छ । पुरुषतर्फ विजेता हुने पहिलो टिमलाई ट्रफीसहित ३ हजार, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः २ र १ हजार डलर प्रदान गरिने प्रमुख सेनानी उज्जवल केसीले जानकारी दिए ।
त्यस्तै महिलातर्फ प्रथम हुने टिमलाई ट्रफीसहित नगद १ लाख, दोस्रो हुनेलाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । –नेपाल न्युज बैंक



