काठमाडौं । भरतपुर महानगरपालिकामा मेयर नेकपा (माओवादी केन्द्र) पदकी उम्मेदवार रेनु दाहालले ५ हजार भन्दा बढी अग्रता लिएकी छिन् । अहिलेसम्ममा २७ हजार ७८ मत प्राप्त गरेकी छिन् । उनी गठबन्धनको साझा उम्मेदवार हुन् ।
उनलाई पछ्याइरहेका नेकपा (एमाले)का विजय सुवेदीले २२ हजार ६० मत ल्याएका छन् । रेनु विजयभन्दा ५ हजार १८ मत अघि छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९ हजार ४ सय २४ मत पाएका छन् ।
उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले २९ हजार १ सय ३२ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले १७ हजार १ सय ६६ मत पाएकी छन् ।