images
images

नगर प्रमुख र उपप्रमुख दुवै  युवा महिला 


  • 1.2K
    SHARES
  • २०७९ जेठ ७ गते शनिबार

    नगर प्रमुख र उपप्रमुख दुवै  युवा महिला 

    काठमाडौ । सुदुर पश्चिम प्रदेशको एक नगर प्रमुख र उपप्रमुख दुवै पदमा युवा महिला  बिजयी भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिकाको प्रमुख र उपप्रमुखमा युवा महिला नेतृ विजयी भएका हुन् । नगरप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार सुशीला शाही निर्वाचित भएकी छन् । त्यसैगरी उपप्रमुखमा एमालेकी जुना चौधरी विजयी भएकी छन् ।

    नगर प्रमुख शाहीले १२ हजार ७ सय १३ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार निर्वतमान मेयर  महादेव बजगाईंलाई २ हजार २ सय ७८ मतले पराजित गरेकी हुन् । बजगाईंले १० हजार ४ सय ३५ मत प्राप्त गरे ।

    उपप्रमुखमा चौधरीले ११ हजार ७ सय ८ मत पाउँदा उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी जानकी कुमारी शाहीले ८ हजार ३ सय ८ मत प्राप्त गरिन् ।


    images
    images

    Logo