images
images

त्रियुगा–१२ को मतदान केन्द्रबारे आयोगको छानबिन टोली


  • 358
    SHARES
  • २०७९ जेठ ६ गते शुक्रबार

    त्रियुगा–१२ को मतदान केन्द्रबारे आयोगको छानबिन टोली

    काठमाडौं । निर्वाचन आयोगले उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ मा अवरुद्ध भएको मतदानबारे स्थलगत अध्ययन गरी मुख्य निर्वाचन अधिकृतलाई आवश्यक निर्देशन दिन आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वमा ती सदस्यीय उच्चस्तरीय टोली गठन गरेको छ । सो टोली हाल स्थलगत अध्ययनका क्रममा रहेको छ ।

    आयोगको जेठ ५ गतेको निर्णयानुसार टोलीले स्थलगतरूपमा अध्ययन गरी आयोगका तर्फबाट अधिकार प्रयोग गरी आवश्यक निर्देशन दिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । गत वैशाख ३० गते सञ्चालन भएको उक्त वडाको जनप्रेमी आधारभूत विद्यालय (पुरानो गाईघाट) मतदान केन्द्रमा सञ्चालन भएको मतदान कार्यक्रम अवरुद्ध भएको थियो ।

    आयोगले बूढीगङ्गा नगरपालिको Aमतदानबारे छानबिन गर्न आयुक्त सगुनशमशेर राणाको नेतृत्वमा गठन गरको समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाइसकेको छ ।


    images
    images

    Logo