images
images

अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन


  • 409
    SHARES
  • २०७९ जेठ ६ गते शुक्रबार

    अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन

    धनगडी । कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएका देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ नगराउन निर्वाचन आयोगले निर्देशन दिएको छ । विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला  नेकपा (माओवादी केन्द्र)बाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएका उपाध्यायलाई शपथ नगराउन निर्देशन दिइएको हो । तत्कालीन वडा नं २ को वडाध्यक्ष रहेका बेला उनिविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।

    नेपाली कांग्रेसबाट वडा नं ३ को वडाध्यक्षमा निर्वाचित नन्दराम गिरीविरुद्ध पनि भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ । भ्रष्टाचारको मुद्दा विचाराधीन भएका जनप्रतिनिधि चुनिएपछि शपथ के गर्ने भन्ने अन्योल रहेकै बेला आयोगले उनिहरूको मुद्दा विचाराधीन रहेको पत्र पठाउनाका साथै शपथ रोक्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको थियो । 


    images
    images

    Logo