झापा । बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी बनेको छ ।
प्रमुखमा पवित्रा महतरा र उपप्रमुखमा नगेन्द्र सङ्ग्रौला विजयी भएका हुन् । महतराले नेपाली काँग्रेसका भोजराज सिटौलालाई ३ हजार ७ सय ५८ मतले पराजित गरेका छन् । उनले १६ हजार ५ सय २० मत प्राप्त गरेका छन् भने सिटौलाको १२ हजार ७ सय ६२ मत मात्र आएको छ ।
यसैगरी उपप्रमुखमा सङ्ग्रौला १५ हजार ५ सय ८६ मत प्राप्त गरी विजयी बनेका हुन् । उनका निकटम् प्रतिस्पर्धी सिपी कडरियाले ८ हजार ४ सय ५१ मत प्राप्त गरेका छन् । यसअघिको कार्यकाल बिर्तामोडको उपप्रमुख रहनुभएकी महतरा जिल्लामा नगरपालिकाको प्रमुखमा निर्वाचित हुने पहिलो महिला बनेकी छिन्।