पोखरा महानगरपालिकाको मतगणनास्थलबाट प्रहरीले दुई जना नक्कली प्रतिनिधिलाई शुक्रबार पक्राउ गरेको छ ।
राजनीतिक दलको गणक प्रतिनिधिको रूपमा नक्कली पास बनाएर गणनास्थल प्रवेश गर्न खोज्ने दुईजनालाई मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको नाम र दल भने गोप्य राखेको छ ।