काठमाडौं । लुम्विनी जनरल इस्योरेन्समा रहेको १ लाख २२ हजार कित्ता संस्थापक शेयर विक्रीमा गर्ने लागेको छ । कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको १ लाख २२ हजार २ सय ८७ कित्ता संस्यापक शेयर विक्री गर्ने भएको हो ।
यर सिलबन्दी बोलकबोल प्रक्रियामार्फत बिक्री हुने इन्स्योरेन्सले जनाएको छ। संस्थापक सेयरको न्यूनतम मूल्य प्रति कित्ता २०० रुपैयाँ तोकिएको छ। आवेदन दिँदा तोकिएको न्यूनतम मूल्य अथवा सो मूल्यभन्दा बढी रेट राखी बोलपत्र पेस गर्नु पर्नेछ।
त्यस्तै, बोलपत्र पेस गर्दा न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। बोलपत्रमा जेठ १३ गतेदेखि आवेदन दिन सकिनेछ। बोलपत्रमा जेठ २७ गतेसम्म आवेदन पेस गरी सक्नुपर्नेछ।
सो शेयर खरिद गर्न इच्छुक संस्थापकहरुले सुचना प्रकासित भएको मितिले ३५ दिन भित्र आवेदन दिइसक्नु पर्नेछ । उक्त समयमा संस्थापक शेयरधनीहरु बाट पर्याप्त आवेदन नपरेमा बाँकी शेयर अन्य खरिदकर्ता लाई विक्री हुने इस्योरेन्सले जनाएको छ ।



