काठमाडौं । सरकारले आगामी आर्थिक बर्ष २०७९/८० को बजेट निर्माणका प्रक्रिया सुरु भएको छ । जेठ ७ गते आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र १५ गते वार्षिक बजेट ल्याउने गरी गृहकार्य शुरु गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले यहि जेठ ३ गते संसदमा बजेटका सिद्धान्त तथा प्राथमिकता पेश गरेका थिए ।
अर्थमन्त्री शर्माले तयार परेको बजेटमा सार्वजनिक सेवा प्रवाहलाई सरल, जनमुखी र सेवाग्राहीमैत्री बनाउने, सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग बढाउने, भ्रष्टाचार र अनियमितता नियन्त्रण गरी सुशासन प्रवद्र्धन गर्दै सरकारप्रतिको जनविश्वास अभिवृद्धि गर्न बजेट लक्षित हुनेछ ।
यसका साथै सरकारले आगामी आर्थिक वर्षको बजेटबाट विद्युतीय सामग्री उत्पादन गर्ने उद्योगलाई सहुलियत दिने र ऊर्जा क्षेत्रको विकासलाई प्रमुख प्राथमिकतामा राखिनेछ तयारी गरेको छ ।



