धादिङ । धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।
अध्यक्षमा एमालेका उम्मेदवार रामकुमार आचार्य २ हजार २ सय ३९ मतको अन्तरमा विजयी भएका हुन् । आचार्यले १० हजार ३ सय ५५ तथा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामप्रसाद विडारीले ८ हजार १ सय १६ मत प्राप्त गरे ।
यसैगरी उपाध्यक्षमा ५ दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका यन्त्रबहादुर थापाले एमालेकी अम्बिका रुपाखेतीलाई ३४० मतान्तरले हराए । थापाले ९ हजार ४ सय ३१ तथा रुपाखेतीले ९ हजार ९१ मत प्राप्त गरेका थिए ।
योसँगै धादिङको २ नगरपालिका, ११ गाउँपालिका र १ सय ४ वडाको नतिजा आएको छ । काँग्रेसले पालिका प्रमुख ७ र उपप्रमुख ५, माओवादी केन्द्रले पालिका प्रमुख ३ र उपप्रमुख ५, एकीकृत समाजवादीले पालिका प्रमुख १ र उपप्रमुख ३ तथा एमालेले २ पालिका प्रमुखमा जित हासिल गरेको छ ।



