काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य हजार रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज १ हजार रुपैयाँले बढेर प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोवार भएको छ । चाँदीको मुल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।