images
images

नागरिकता विधेयक र नीति तथा कार्यक्रमबारे छलफल


  • 320
    SHARES
  • २०७९ जेठ ६ गते शुक्रबार

    नागरिकता विधेयक र नीति तथा कार्यक्रमबारे छलफल

     काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग आज भेटघाट गरेका छन् ।


    अध्यक्ष यादवको निवास ललितपुरको हात्तीवनमा भएको भेटमा समसामयिक राजनीतिक विषयका साथै सरकारको नीति तथा कार्यक्रमलगायत सरकारद्वारा संसद्मा पेस गर्न लागिएका विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाणको भनाइ उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ । 

     प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा पनि छलफल भएको बताइएको छ । दलीय सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा भएको कुराकानी सकारात्मक भएको गृहमन्त्रीले बथाएका छन् ।


     बिहीबारमात्रै नागरिकता विधेयकका सम्बन्धमा गृहमन्त्री खाण र कानुनमन्त्री शर्माले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेका थिए । सरकारले दलीय सहमतिमा संसद्को जारी अधिवेशनमा नागरिकता विधेयक संसद्मा पेस गर्ने तयारी गरेको छ ।


    images
    images

    Logo