images
images

काठमाडौं–२८ मा काँग्रेसका खड्गी विजयी


  • 464
    SHARES
  • २०७९ जेठ ६ गते शुक्रबार

    काठमाडौं–२८ मा काँग्रेसका खड्गी विजयी

    काठमाडौं । काठमाडौं ।  महानगरपालिका–२८ मा नेपाली काँग्रेसका भाइराम खड्गीको प्यानलै विजयी भएको छ ।   

    भाइरामले आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका दीपेन्द्र खड्गीलाई २सय ९ मतान्तरले पराजित गरेका हुन् । भाइरामले १ हजार २ सय ८२ तथा दीपेन्द्रले १ हजार ७३ मत प्राप्त गरेका छन् । त्यसैगरी  सदस्यमा कांग्रेसकै अरुण तण्डुकार र वीरेन्द्र महर्जन विजयी भएका छन् ।  

    महिला सदस्यतर्फ काँग्रेसकी नीनाकुमारी खड्गी  र दलित महिला सदस्यमा पनि कांग्रेसकै ललिता कार्की ढली विजयी भएका काठमाडौ‌का मुख्य निर्वाचन अधिकृत  राजुकुमार खतिवडाले जानकारी दिए ।  

    त्यस्तै प्रमुख, पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह र उपप्रमुखमा सुनिता डङ्गोलले अग्रता कायमै राखेका छन् । वडा नम्बर १, २, ३, ४, ५, २८ र ३० को मतपरिणाम सार्वजनिक भइसकेको छ । एकदेखि पाँचसम्म वडाध्यक्षमा एमाले तथा वडा नं २८ र ३० मा काँग्रेस विजयी भएको छ । 

    काठमाडौं ।  महानगरपालिकामा कूल मतदाता तीन लाख २४२ रहेकामा ६३ दशमलव ४९ प्रतिशत मत खसेको आयोगले जनाएको छ 


    images
    images

    Logo