काठमाडौं । इलामको फाकफोकथुम गाउँपालिकाको अध्यक्षमा दीपेन्द्र खनाल निर्वाचित भएका छन् । गाउँपालिकामा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका खनाल ५ हजार ३ सय २२ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका डिकबहादुर थापाले ४ हजार ८ सय २१ मत प्राप्त गरे ।
यस्तै, उपाध्यक्षमा पनि एमालेकै कल्पना राई विजयी भएकी छिन्। राइले ५ हजार १ सय ५८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका कुलबहादुर राईले भने ४ हजार १ सय ७४ मत प्राप्त गरेका छन् ।
७ वटा वडा रहेको फाकफोकथुम गाउँपालिकाको वडाध्यक्षमा भने ४ वटा वडामा काँग्रेस र तीन वटा वडामा एमालेले जितेको छ ।