काठमाडौं । पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।
महानगरको ६४ हजार ११ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले २६ हजार ४ सय ११ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले २३ हजार २ सय ४५ मत ल्याएका छन् । आचार्यले ३ हजार १ सय ६६ मतले अग्रता हासिल गरेका छन् ।
उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट २६ हजार ६ सय ४४ मतसहित अघि छिन् भने एमालेकी मञ्जुदेवी गुरुङले २६ हजार ५ सय ७८ मत प्राप्त गरेकी छिन् ।