images
images

महोत्तरीमा थप तीन तहको परिणाम सार्वजनिक, कहाँ कस्ले जिते ?


  • 523
    SHARES
  • २०७९ जेठ ६ गते शुक्रबार

    महोत्तरीमा थप तीन तहको परिणाम सार्वजनिक, कहाँ कस्ले जिते ?

    काठमाडौं । महोत्तरीमा थप तीन स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । पछिल्लो समय बर्दिबास र औरही नगरपालिका तथा सम्सी गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको हो ।

    बर्दिबासमा राजनीतिक दलका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। प्रमुखमा प्रल्हादकुमार क्षत्री र उपप्रमुखमा तारादेवी महतो निर्वाचित भएका छुन् । क्षत्रीले १४ हजार २ सय १० र महतोले ९ हजार ७ सय ३६ मत प्राप्त गरेका छन् । उनीहरुका निकटतम प्रतिस्पर्धी प्रमुख पदका नेकपा (माओवादी केन्द्र) का राजु खड्काले ८ हजार ३ सय २३ तथा उपप्रमुखमा सोही दलका कृष्णमायाँ गौतमले ८ हजार १ सय ८५ मत प्राप्त गरेकीन् निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिए ।

    स्वतन्त्र समूहले नै तीन वडाध्यक्षसमेत जितेको छ ।   

    यसैगरी औरही नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल प्रमुख र उपप्रमुखमा विजयी भएको छ । प्रमुखमा प्रदीपकुमार खड्काले ६ हजार ८७ र उपप्रमुखमा रेणु झाले ५ हजार ८ सय ८ मत प्राप्त गरे । उनीहरुका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार सुनिलकुमार यादवले ५ हजार ७ सय ४७ र उपप्रमुखमा रेखा यादवले ५ हजार ६ सय ५ मत प्राप्त गरेका छन् ।

    यस्तै सम्सी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपाल विजयी भएको छ । अध्यक्षमा रामनाथ यादवले ३ हजार ८ सय ९३ र उपाध्यक्षमा अनिताकुमारीले ३  हजार २ सय ९५ मत प्राप्त गरे । उनीहरुका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार उत्तिमलाल यादवले २ हजार ५ सय ८२ र उपाध्यक्षमा उर्मिला देवीले दुई हजार ६ सय ८२ मत प्राप्त गरेका छन् ।

    मत परिणाम घोषणा भएका स्थानीय तहको सङ्ख्या ९ पुगेको छ । यसअघि मटिहानी, रामगोपालपुर र मनराशिश्वा नगरपालिका तथा  महोत्तरी, पिपरा र एकडारा गाउँपालिकाको परिणाम सार्वजनिक भइसकेको छ । जिल्लामा १० नगरपालिका र ५ गाउँपालिका छन् । अझै ६ स्थानीय तहको परिणाम घोषणा हुन बाँकी छ ।  


    images
    images

    Logo