काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहा ११ हजार ९ सय २८ मतले अग्रता लिइरहेका छन् ।
हालसम्मको मतगणना अनुसार बालेन शाहाले २४ हजार ४ सय २७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धि नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३ हजार ४ सय ९९ अत ल्याएका छन् ।
त्यस्तै, गठबन्धनको तर्फबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १२ हजार ८ सय ४२ मत ल्याएकी छिन् ।