काठमाडौं । स्थानीय तहको निर्वाचनमा विवेकशील साझा पार्टीले जीतको खाता खोलेको छ । बाराको फेटा गाउँपालिकामा पार्टीका रुस्तम अन्सारीअध्यक्षमा निर्वाचित भएका हुन् । उनले ४४८५ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी एमालेका अमिरीलाल प्रसादले २३९९ मत प्राप्त गरे ।
उपाध्यक्षमा सोही पार्टीकी नीलम साह ३५७० मतसहित निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी कमरुन खातुनले ३३३३ मत प्राप्त गरिन् ।