काठमाडौं । काठमाडौंको कोर एरियाको मतगणना सुरु भएपछि बालेनप्रतिको क्रेज घट्न थालेको छ । काठमाडौंको वडा नम्बर ८ को मतगणना सुरु हुँदा बालेन काँग्रेस उम्मेदवार सिर्जना सिंहभन्दा पछि परेका हुन् ।
वडा नम्बर ४ मा हालसम्म ४०० मत गणना भएको छ । यस अनुसार सिर्जना सिंहले १५८ मत ल्याउँदा बालेनले ९७ मत ल्याएका छन् । एमालेका उम्मेदवार केशव स्थापितले ६८ मत मात्रै ल्याएका छन् । यसअघिका वडाहरुमा बालेनले कुल सदर मतको ४० देखि ५० प्रतिशत मत ल्याउँदै आएका थिए । अहिले आएको मत २४ प्रतिशत मात्रै हो ।
त्यस्तै वडा नम्बर २७ को मतगणनामा २०० मत गन्दा केशव स्थापितकाे १२७ मत आएको छ । बालेनको जम्मा ३२ मतमात्रै आएको छ । यो १६ प्रतिशत हो ।