काठमाडौं । नेपाली महिला क्रिकेट टिम युगान्डासँग पराजित भएको छ । बिहीबार त्रिभुवन विश्वविद्यालय खेल मैदानमा भएको तेस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गतको खेलमा नेपाली टीम ६ विकेटले पराजित भएको हो ।
टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेपाली टिमले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर ९९ रन बामएको थियो । १०० रनको लक्ष्य लिएर मैदानमा उत्रिएको युगान्डाले १८.२ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।
नेपालका लागि ज्योती पाण्डेले ४७ रनको महत्वपूर्ण योगदान दिइन् ।