विराटनगर महानगरपालिकामा गठबन्धन दलका प्रमुखको उम्मेदवार नेपाली काँग्रेसका नागेश कोइरालाले ४ हजार ८ सय ३५ मतले अग्रता लिएका छन् ।
यसैगरी गठबन्धन दल जनता समाजवादी पार्टी, नेपालका तर्फबाट उपप्रमुखका उम्मेदवार अमरेन्द्र यादव प्रतिस्पर्धीसँग ६ हजार ७ सय ३७ मतले पछाडि रहेका छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार महानगर प्रमुखका उम्मेदवार कोइरालाले १९ हजार १ सय ७३, नेकपा एमालेका सागर थापाले १४ हजार ३ सय ३८, स्वतन्त्र उम्मेदवार उमेश यादवले ६ हजार १ सय ८७ र राप्रपाका प्रल्हादप्रसाद साहले ३ हजार ७ सय ८ मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुखमा नेकपा (एमाले)को शिल्पा निरौला कार्कीले १६ हजार ५ सय ५२, गठबन्धन दलतर्फका यादवले ९ हजार ८ सय १५, राप्रपाको विन्दाकुमारी लुइँटेल आचार्यले ४ हजार ४ सय ९३ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेलले ३ हजार ५ सय ४९ मत प्राप्त गरेका छन् ।
यसैबीच विराटनगर महानगर वडा नं १५ को वडाध्यक्षमा नेपाली काँग्रेसका प्रकाश साह १ हजार ८ सय ९७ मत ल्याई निर्वाचित भएका छन् । महानगरमा अहिले वडा नं ३, ४, ५, ६, ८, ११, १२ र १४ को मतगणना भइरहेको छ ।