काठमाडौं । नविल र एनबी बैैक मर्जरको अवरोध हटेको छ । दुई संस्थाबीच अघि बढेको मर्जर प्रक्रिया रोक्न माग गर्दै अदालत गएका लक्ष्मी बहादुर श्रेष्ठले मुद्दा फिर्ता लिएसँगै मर्जर प्रक्रिया अघि बढ्ने निश्चित भएको हो ।
श्रेष्ठले बिहीबार उक्त मुद्दा फिर्ता लिएका हुन् । एनबी बैंकलाई ठुलो बनाउन मर्जर आवश्यक रहेकोले मुद्दा फिर्ता लिएको श्रेष्ठकोे भनाइ छ ।