images
images

 गोदावरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेसको उम्मेदवार विजयी


  • 397
    SHARES
  • २०७९ जेठ ५ गते बिहीबार

     गोदावरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेसको उम्मेदवार विजयी

    काठमाडौं । ललितपुरको गोदावरी नगरपालिकाको प्रमुख र उपप्रमुख नेपाली काँग्रेसबाट विजयी भएका छन् । प्रमुखमा गजेन्द्र महर्जन र उपमेयरमा मुना अधिकारी विजयी भएका छन् ।  

    प्रमुखमा निर्वाचन भएका महर्जनले १७ हजार ९ सय २२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्दवी नेकपा एमालेका गम्भीरबहादुर रानाले १४ हजार ६ सय ७९ प्राप्त गरेका छन् । 

    उपप्रमुख काँग्रेसबाट विजयी भएकी मुना अधिकारीले १६ हजार १ सय ८४ मत प्राप्त गरेकी छिन् भने उनीको निकटतम प्रतिद्वन्दवी रमि प्रधानाङ्गले १३ हजार ४४ मत प्राप्त गरेकी छिन् । 

     


    images
    images

    Logo