काठमाडौ । पत्रकार महासंघका पुर्ब अध्यक्षले बर्तमान अध्यक्षलाई हराएका छन् । महोतरीको मटिहानी नगरपालिकाको नगर प्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टीका हरिप्रसाद मण्डलले ३ हजार ८ सय २६ मत सहित बिजयी भएका छन् ।
नेपाल पत्रकार महासंघ महातरीका पुर्ब अध्यक्ष समेत रहेका मण्डलले महासंघकै बर्तमान अध्यक्ष कमलेस मण्डल लगायतका उमेदवारलाई पराजित गरेका हुन् । माओवादी केन्द्रका उम्मेदवार तथा महासंघका बर्तमान अध्यक्ष कमलेस मण्डल १ हजार ३७ मत ल्याएर चाैँथाे स्थानमा रहे ।
त्यसैगरि, जनता समाजबादी पार्टीका उम्मेदवार मेजिबुल रहमानले २ हजार ४ सय ६१ मत ल्यएरका छन् । भने नेकपा एमालेका उम्मेदवार हेमचन्द्र यादवले १ हजार ८ सय २१ मत पाएका छन् । त्यस्तै, समाजवादी पार्टीका विजय चौधरीले १ हजार १ सय ६१ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका उम्मेदवार उपेन्द्र चौधरीले ५ सय ३१ मत ल्याएका छन् ।
उपमेयरतर्फ लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार मंजु देवी विजय भएकी छिन् । उनले २ हजार ६ सय ७० मत ल्याएर विजय भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धि जनता समाजवादी पार्टीकी जिवछीदेवी यादवको २ हजार १ सय ४८ मत ल्याएकी थिइन् ।



