काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा नेपाली कांग्रेसका दिपक कुमार रिजाल र उपमेयरमा नेकपा एमालेकी सान्नानी लामा निर्वाचित भएका छिन् ।
मेयर रिजालले ९ हजार ६ सय ९२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाल एमालेका उद्धव विष्टले ८ हजार ५ सय ४ मत प्राप्त गरेका छन् ।
उपमेयर नेकपा एमालेकी उम्मेदवारी सानान्नी लामा निर्वाचित भएकी छिन् उनीले ८ हजार ८ सय ४ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार एवम् निवर्तमान उपमेयर शान्ति नेपाल १ सय ९५ मतले पछि परिन् । शान्ति नेपालले ८ हजार ६ सय ९ मत पाएकी छिन् ।