images
images

अवैधरुपमा ल्याउदै गरेको सुनसहित एक व्यक्ति पक्राउ


  • 327
    SHARES
  • २०७९ जेठ ५ गते बिहीबार

    अवैधरुपमा ल्याउदै गरेको सुनसहित एक व्यक्ति पक्राउ

     झापा । प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको  २८ लाख रुपैँया बढीको सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा कैलाली घर भई हाल दमक नगरपालिका–२ बस्ने ३३ वर्षीय धीरेन्द्र जैसी रहेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

    जैसीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मङ्गलबार मेचीनगर–६ स्थित पुरानो मेची पुलछेउबाट पक्राउ गरेको हो । जैसीको साथबाट बरामद गरिएको ३ सय ४९ दशमलव ७ सय ग्राम सुन हालको बजार मूल्यअनुसार २८ लाख ८७ हजार १ सय ८२ रुपैँया रकम बराबर रहेको १ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईले बताएका छन्।पक्राउ गरिएका जैसीलाई सुनसहित मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ । 


    images
    images

    Logo