काठमाडौं । धरान उपमहानगरपालिकाका स्वतन्त्र हर्क साम्पाङले मतान्तर बढाउदै गएका छन् । नेपाली काँग्रेसलाई २ सय १० मतले पछि पार्दै स्वतन्त्र उम्मेदवार साम्पाङले अग्रता लिएका हुन् ।
पछिल्लो गणना अनुसार साम्पाङको ८ हजार ६ सय ८९ मत आएको छ भने उनका निकटतम प्रतिस्पर्धि नेपाली काँग्रेसका किशोर राईले ८ हजार ४ सय ७९ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ६ हजार ९ सय ४६ मत ल्याएकी छिन्
धरानमा हालसम्म ८, ९, १०, ११, १२, १९ र २० नम्बर वडाको मतगणना भएको छ ।