काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ मा मतगणना रोकिएको छ । मतगणनाको क्रममा मतपेटिका पहिल्यै खोलिएको र सिलबन्दी गरेको कपडा भित्र स्वस्तिक छाप भेटिएपछि गणना स्थगित गरिएको हो ।
मतगणनाका क्रममा च बुथको दोस्रो मतपेटिको ४१३५३८ को सिल तोडिएको बक्सा भेटियाे र सिलबन्दी गरेको कपडामा स्वस्तिक छाप भेटिएकले रहस्यमय भएको भन्दै मतगणना रोकिएको छ ।
वडा नम्बर ११ को मतगणना रोकिए पनि अन्य वडाको मतगणना भने जारी रहेको छ ।