images
images

सुनकोसीमा तिमल्सिना, जुगलमा माओवादी–कांग्रेस गठबन्धन विजयी


  • 294
    SHARES
  • २०७९ जेठ ५ गते बिहीबार

    सुनकोसीमा तिमल्सिना, जुगलमा माओवादी–कांग्रेस गठबन्धन विजयी

    सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का टपिन्द्रप्रसाद तिमल्सिना विजयी भएको छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार श्रवण जिसीलाई ४२ मतले पराजित गर्दै उनि निर्वाचित  भएका हुन् । तिमल्सिनाले ५ हजार ९ सय ३२ मत पाएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसकी कान्छी लामा ५ हजार ९ सय ४ मत प्राप्तगरी विजयी भएकी छिन् । उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी दुर्गा थापाले ४ हजार ९ सय ७४ मत पाएकी छिन् ।
     
    जुगल गाउँपालिकामा माओवादी–कांग्रेस गठबन्धन विजयी भएको छ । अध्यक्षमा माओवादीका उम्मेदवार रेशम स्याङ्वो र उपाध्यक्षमा कांग्रेसका हिमालकुमार श्रेष्ठ निर्वाचित भएका छन्। स्याङ्वोले ५ हजार ५ सय ७२ र श्रेष्ठले ४ हजार ७ सय ६८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमाले प्रमुखका उम्मेदवार जयबहादुर लामाले ४ हजार ४ सय र उपप्रमुखका निकटतम प्रतिस्पर्धी  सुनिता थापा लामाले ३ हजार ७ सय ७ मत पाएक छन् ।


    images
    images

    Logo