काठमाडौं । बाराको कलैया उपमहानगरपालिकामा गठबन्धनप्रति नेकपा एमाले भारी पर्दै गएको छ । हालसम्मको मतगणना अनुसार नेकपा एमालेका उम्मेदवार विनोद प्रसाद साहले ४ हजार ६ सय ६२ मतान्तरले अग्रता कायम गरेका हुन् ।
साहले १३ हजार ३ सय २१ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धि गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका राजेस राय यादवले ८ हजार ६ सय ५९ मत पाएका छन् ।
त्यस्तै, उपमेयरमा एमालेकी रौशन परविनले ९ हजार ३ सय ४७ मत पाएकी छिन् भने जनता समाजवादी पार्टीका प्रमोद प्रसाद गुप्ताले ८ हजार १ सय ५४ मत ल्याएका छन् । कलैयामा काँग्रेस, माओवादी केन्द्र लगायतका ५ दलको गठबन्धन रहेको थियो ।