काठमाडौं । झापाको दमक नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रामकुमार थापाले अग्रता बढाउदै गएका छन् ।
हालसम्मको मतगणना अनुसार राप्रपाका थापाले १३ हजार १ सय २५ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धि (नेपाल कम्युनिष्ट पार्टी) एमालेकी गीता कुमारी अधिकारी पौडेलले १२ हजार ८ सय ४८ मत ल्याएकी छिन् । पछिल्लो मतपरिणम अनुसार थापाले २ सय ७७ मतले अघि रहेका छन् ।
त्यस्तै उपमेयर तर्फ नेपाली काँग्रेसकी र्गिना भट्टराईले अग्रता लिएकी छिन् । भट्टराइले १२ हजार ७ सय ९१ मत ल्याएकी छिन् भने नेकपा एमालेका उम्मेदवारले १२ हजार ६ सय ३० मत पाएका छन् ।