काठमाडौं । नविल बैंकको २८ हजार कित्ता शेयर संस्थापक शेयर विक्री गर्ने भएको छ । सो बैंकमा रहेका ३ जना संस्थापकले आफ्नो नाममा रहेको कुल २८ हजार ९ सय ८५ कित्ता शेयर किक्री गर्न लागेका हुन् ।
सो शेयर खरिद गर्न इच्छुक संस्थापकहरुले सुचना प्रकासित भएको मितिले ३५ दिन भित्र आवेदन दिइसक्नु पर्नेछ । उक्त समयमा संस्थापक शेयरधनीहरु बाट पर्याप्त आवेदन नपरेमा बाँकी शेयर अन्य खरिदकर्ता लाई विक्री हुने बैंकले जनाएको छ ।
अशोक कुमार अग्रवालको नाममा रहेको ९ हजार ४ सय २८ कित्ता, त्रिलोक चन्द्र अग्रवालको नाममा रहेको १० हजार ९ सय ५१ कित्ता र तुलसीराम अग्रवालको नाममा रहेको ८ हजार २ सय १० कित्ता संस्थापक शेयर विक्रीमा रहेको बैंकले जनाएको छ ।