काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाका स्वतन्त्र उमेद्वार गोपाल हमाल ७ हजार ५१ मतले अगाडि लागेका छन् । पछिल्लो मत गणना अनुसार हमालले १३ हजार ८ सय २३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धि नेपाली काँग्रेसका नृप वडले ६ हजार ७ सय ७२ मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेका गणबाहादुरले ३ हजार २ सय १७ मत प्राप्त गरेका छन् ।
त्यस्तै, उपमेयरमा माआवादी केन्द्रकी शान्ती अधिकारीले ६ हजार १ सय ८१ मत पाएकी छिन् भने एमालेकी नन्दकला रानाले ५ हजार ४ सय ५५ मत ल्याएकी छिन् । त्यसैगरी, स्वतन्त्र उमेद्वार प्रभाकर भण्डारीले ३ हजार ३ सय ५७ मत प्रप्त गरेका छन् ।
अहिलेसम्म १,२,३,४ र १७,१८,१९ को मतगणना सम्पन्न भएको छ । धनगढीमा ६३ हजार ७ सय १५ जना मतदान गरेका थिए ।