images
images

सुर्यबिनायकको मतगणना अन्तिम चरणमा,कस्ले लियो अग्रता


  • 730
    SHARES
  • २०७९ जेठ ४ गते बुधबार

    सुर्यबिनायकको मतगणना अन्तिम चरणमा,कस्ले लियो अग्रता

    भक्तपुर । सुर्यबिनायक नगरपालिकाको मतगण्ना अन्तिम चरणमा पुगेको छ । हालसम्मको मतगणना अनुसार नेकपा एमालेका बासुदेव थापाले  ११ हजार १ सय ७४ मत पाएका छन् । त्यसैगरी नेपाली काँग्रेसका उमेदवार  निशान ढुंगेलले १० हजार ५ सय ४९ मत पाएका छन् ।

    उपमेयरमा  एमालेकी उमेदवार सरिता भट्टराईले अग्रता लिइरहेकी छिन् । भट्टराईले ९ हजार ७ सय १३ मत ल्याउदा गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका श्याम सुन्दर बस्नेतले ५ हजार ४ सय ४१ मत ल्याएका छन् । 

    अहिले वडा नं. ८ को मतगणना भइराखेको छ । 

    वडा नं १ देखि ७ सम्मको गणना भई नतिजा आइसकको छ । वडा नं ९ र १० भने गन्न बाँकी छ । जसमध्ये १,५ र ७  नं वडामा एमालेका उमेदवार बिजयी भएका छन् । त्यसैगरी २,३,४,६ नं मा नेपाली कांग्रेसका उमेदवार बिजयी भएका छन् । जिल्लाका चार नगरपालिका मध्ये अन्य तीन नगरको परिणाम आइसकेको छ ।


    images
    images

    Logo