काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विन नेपाल लघुवित्त थप हुन आएको शेयर सूचीकरण भएको छ ।
नेपाल सेवा लघुवित्त र विन लघुवित्त एक आपसमा गाभिएपछि थप हुन आएको ७ लाख २४ हजार ४ सय ६३ कित्ता साधारण शेयर सूचीकृत भएको हो ।
साथै, मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको शेयर दोस्रो बजारमा फुकुवा भएको छ । नेपाल सेवा लघुवित्त र वीन लघुवित्त एक आपसमा गाभिएपछि विन लघुवित्तको नामबाट एकीकृत कारोबार कात्तिक १५ गतेदेखि शुरु भएको हो ।
अब विन लघुवित्त वित्तीय संस्थाको नामबाट कम्पनीको शेयर कारोबार हुनेछ ।