images
images

एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको ७ विकेटको फराकिलो जित


  • 85
    SHARES
  • २०८३ भाद्र १५ गते सोमबार

    एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको ७ विकेटको फराकिलो जित

    काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तरगत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुःखद सुरुआत गरेको छ । 

    मलेसियाको बांगीमा भएको खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै जित हासिल गरेको हो । 

    बहराइनले जितको लागि दिएको ८८ रनको सामान्य लक्ष्य पच्छाएको नेपालले २१ ओभरमा तीन विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । 

    नेपालको लागि अर्जुन कुमालले अविजित ३६ रनको योगदान दिए । उनले ५८ बलमा पाँच चौका प्रहार गर्दै ३६ रन बनाएका हुन । त्यस्तै रोहितकुमार पौडेलले अविजित १९ तथा आसिफ शेखले १८ रन जोडे । देव खनालले १० रन बनाए ।
     
    बलिङतर्फ बहराइनका इमरान जाभेद अनवारले तीन विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले ३६।२ ओभरमा सवै विकेट गुमाउदै ८७ रनमा समेटिएको थियो । 

    बहराइनको लागि फिआज अहमेदले १५ बलमा सर्वाधिक १५ रन बनाए । त्यस्तै मुहम्मद वासिमले १३ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    बहराइनलाई ८७ रनमा समेट्नेक्रममा नेपालका सन्दिप लामिछानेले पाँच विकेट लिए । यस्तै ललित नारायण राजवंशीले ३ विकेट लिदा करण केसीले २ विकेट हात पारे । नेपालले आफनो दोस्रो खेल यही भदौ १८ गते मलेसियासँग खेल्नेछ ।


    images
    images

    Logo