images
images

नुवाकोटमा फेला परेका थप ३ शवको सनाखत, पहिचान हुनेको संख्या ७ पुग्यो


  • 62
    SHARES
  • २०८३ भाद्र १५ गते सोमबार

    नुवाकोटमा फेला परेका थप ३ शवको सनाखत, पहिचान हुनेको संख्या ७ पुग्यो

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर नुवाकोटमा फेला परेका थप तीन जनाको शवको सनाखत भएको छ । सोमबार थप तीन जनाको पहिचान खुलेसँगै नुवाकोटमा फेला परेका पहिचान खुलेका शवको संख्या सात पुगेको हो ।

    बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार फुलकुमारी ढकाल, गोपे तामाङ र अमृत तामाङको शवको सनाखत भएको हो । भोटेकोशीमा आएको बाढीले बगाएका व्यक्तिहरूको खोजी तथा उद्धारका क्रममा नुवाकोटका विभिन्न स्थानमा शव फेला परेका थिए ।

    यसअघि नुवाकोटमा फेला परेका चार जनाको शवको पनि पहिचान खुलिसकेको थियो । प्रहरीका अनुसार हालसम्म पहिचान खुलेका सात जनाको विवरण यस्तो छ ।

    १. फुलकुमारी ढकाल, ६७ वर्ष, विदुर नगरपालिका–७, सोले, नुवाकोट
    २. गोपे तामाङ, उत्तरगया गाउँपालिका–१, रसुवा
    ३. अमृत तामाङ, किस्पाङ गाउँपालिका–५, नुवाकोट
    ४. रामकृष्ण तामाङ, ५६ वर्ष, सूर्यगढी गाउँपालिका–५, नुवाकोट
    ५. निरज भण्डारी, ३५ वर्ष, विदुर नगरपालिका–५, नुवाकोट
    ६. राजकुमार आले, ४४ वर्ष, थाक्रे गाउँपालिका–८, धादिङ
    ७. शर्मिला तितुङ, ५० वर्ष, सूर्यगढी गाउँपालिका–२, नुवाकोट

    प्रहरीले भोटेकोशी बाढीपछि हराइरहेका तथा बेपत्ता व्यक्तिहरूको खोजी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ । बाढीले रसुवा हुँदै नुवाकोटतर्फ समेत ठूलो क्षति पुर्‍याएको थियो ।


    images
    images

    Logo