images
images

नेप्से १० अंकले घट्दा ८ अर्बमाथिको शेयर कारोबार


  • 677
    SHARES
  • २०७८ माघ ४ गते मंगलबार

    नेप्से १० अंकले घट्दा ८ अर्बमाथिको शेयर कारोबार

    मंगलबार । नेपाल स्टक एक्सचेञ्ज परिसुचक (नेप्से) १० दशमलव ७८ अंकले घटेको छ । आज साताको तेस्रो दिन नेप्से घट्दा २ हजार ९ सय ३६ दशमलव ६६ अंकमा पुगेको छ ।
     
    नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार २ सय २४ कम्पनीको  ८ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता शेयर किनबेच भएको छ ।

    आज कारोबार आएका १३ समुहको परिसुचक मध्य ९ समुहको परिसुचक  राताम्मे भएको छ भने ४ समुहको परिसुचक हरियाली छाएको छ । 

    आज कारोबारमा भएका २ सय २४ कम्पनीमध्ये ६५कम्पनीको शेयर मुल्य बढेको छ भने २ सय ५५ कम्पनीको शेयर मुल्य घटेको छ र ४ कम्पनीको मल्य स्थिर रहेको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा अपी पाबर रहेको छ । कम्पनीको आजको २८ कारोड ११ लाख रुपैयाँको कारोबार भएको छ ।


    images
    images

    Logo