images
images

मध्यान्तरपछिको सुधारले बढ्यो शेयर बजार, कारोबार भने घट्यो


  • 451
    SHARES
  • २०७८ माघ ३ गते सोमबार

    मध्यान्तरपछिको सुधारले बढ्यो शेयर बजार, कारोबार भने घट्यो

    काठमाडौं । सोमबारको शेयर बजार २० अंकले बढेको छ । कारोबारको सुरुवाती समयमा घटेको शेयर बजार मध्यान्तरपछि बढ्दा बजार परिसूचक २०.६४ अंकले बढेर २९४७.३८ विन्दुमा पुगेको हो । आज कारोबार रकम भने घटेर ७ अर्ब ९० करोड रुपैयाँमा झरेको छ ।  

    बजारमा आज १८९ कम्पनीको कारोबार भएकोमा ९७ कम्पनीको मूल्य बढेको छ । ८१ कम्पनीको मूल्य घट्दा ११ कम्पनी बराबर अवस्थामा छ । बजारमा आज मध्य भोटेकोशी जलविद्युत्को शेयरमा सकारात्मक सर्किट लाग्दा सनराइज ब्लुचिप फण्ड, सिंगठी हाइड्रो, सीईडीबी हाइड्रो लगायतको मूल्यमा उछाल आएको छ । 


    images
    images

    Logo