images
images

चीनमा पहिरोबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो, ५३१ बेपत्ता


  • 105
    SHARES
  • २०८३ भाद्र २० गते शनिबार

    चीनमा पहिरोबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो, ५३१ बेपत्ता

    काठमाडौं । चीनको दक्षिण–पश्चिमी सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको गिरोङ क्षेत्रमा पहिरोपछि आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ ।

    गत अगस्ट २६ अर्थात् भदौ १० गते आएको पहिरोपछि ठूलो बाढी आएको थियो । स्थानीय विपत् व्यवस्थापन तथा उद्धार केन्द्रलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार बाढीका कारण ५३१ जना अझै सम्पर्कविहीन छन् ।

    सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ । उद्धारकर्मीले घटनास्थलबाट ९८७ वटा व्यक्तिगत सामानसमेत फेला पारेका छन् ।

    हिमाली क्षेत्रमा हिमचट्टानसहितको पहिरो गएको आज ११ दिन पुगेको छ । कठिन भौगोलिक अवस्था र बाढीका कारण खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको बताइएको छ ।


    images
    images

    Logo