images
images

माघ-चैत शेयर बजारको अफसिजन नै हो त ? ५ वर्षको तथ्यांकमा यस्तो देखियो


  • 1.1K
    SHARES
  • २०७८ माघ २ गते आइतबार

    माघ-चैत शेयर बजारको अफसिजन नै  हो  त ? ५ वर्षको तथ्यांकमा यस्तो देखियो

    काठमाडौं । माघ सुरुदेखि चैच अन्तिमसम्मको अवधिलाई पुँजी बजारको अफसिजन मानिन्छ । सोही कारण यो समयभित्र शेयर बजार घट्छ भन्ने सैद्धान्तिक मान्यता राखिन्छ । यसको मुख्य कारण हो, लाभांश घोषणाको सिजन ।

    कम्पनी ऐनले प्रत्येक कम्पनीले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा गर्नुपर्ने व्यवस्था गरेको छ । उक्त साधारणसभाले अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरी पारित समेत गरिसकेको हुन्छ । 

    समस्यारहित र राम्रा कम्पनीले यही अवधिभित्र साधारणसभा गर्ने र लाभांश समेत दिने भएकोले लाभांश घोषणाका कारण बजार बढ्ने सम्भावना यही ६ महिनाको अवधिमा हुन्छ । समयमा साधारणसभा गर्न नसक्ने कम्पनीको मात्रै लाभांश घोषणा पुस मसान्त पछिको समयमा हुन्छ । 

    उता चैत मसान्तपछि बैंक तथा वित्तीय संस्थाले तेस्रो त्रैमाको वित्तीय विवरण प्रकाशित गर्छन् । सो वित्तीय विवरणले सम्बन्धित कम्पनीले आगामी वर्ष दिने प्रतिफलको चित्र देखाउँछ । यही चित्रका आधारमा लगानीकर्ताले लगानीसम्बन्धी निर्णय गर्छन् । त्यसपछि लगानीकर्ताहरु सक्रिय हुन थाल्छन् । 

    नेपाली पुँजीबजारमा यो मान्यता जबरजस्त स्थापित छ । यो सैद्धान्तिक धरातललाई कुनै पनि विज्ञले चुनौती दिने हिम्मत समेत आजसम्म गरेका छैनन् । यसको अर्थ यो अवधि शेयर बजारको अफसिजन नै हो भन्ने विषयमा उनीहरुबीच मतैक्य छ । 

    विगतको तथ्यांकले यसलाई सही सावित गरेको छ त ? यसका लागि यहाँ ५ वर्षको तथ्यांकलाई प्रस्तुत गरिएको छ । यो अवधिको माघदेखि चैत मसान्तसम्म पुँजी बजारको उचारचढाव हेर्दा २ वर्ष बजारमा उच्च वृद्धि देखिएको छ। १ वर्ष उच्च गिरावटको अवस्था देखिँदा बाँकी २ वर्ष भने परिसूचकमा सामान्य उचारचढाव मात्रै देखिएको छ । 

    हेराैं विगत ५ वर्षको तथ्यांक रेखाचित्रमा

    आर्थिक वर्ष २०७७/७८ को यो अवधिमा बजार परिसूचकले ४ सय २८ अंकको वृद्धि हासिल गर्यो । पुस मसान्तमा २२८६.५५ विन्दुमा रोकिएको परिसूचक चैत मसान्तमा पुग्दा २७१४.७९ विन्दुमा पुगेको थियो । 

    1.PNG

    आर्थिक वर्ष २०७६/७७ को यो अवधिमा बजार परिसूचकले ११.९२ अंकले घट्यो । सो वर्षको पुस मसान्तमा १२६३.५५ विन्दुमा रोकिएको परिसूचक चैत मसान्तमा पुग्दा १२५१.४६ विन्दुमा पुगेको थियो । 

    2.PNG

    आर्थिक वर्ष २०७५/७६ को यो अवधिमा बजार परिसूचकमा ८.९७ अंकको वृद्धि देखियो । सो वर्षको पुस मसान्तमा ११७५.०५ विन्दुमा रोकिएको परिसूचक चैत मसान्तमा पुग्दा ११८४.०२ विन्दुमा पुगेको थियो । 

    3.PNG

    आर्थिक वर्ष २०७४/७५ को यो अवधिमा बजार परिसूचकमा १५३.५५ अंकको गिरावट आयो । सो वर्षको पुस मसान्तमा १४३१.१० विन्दुमा रोकिएको परिसूचक चैत मसान्तमा पुग्दा १२७७.५५ विन्दुमा पुगेको थियो । 

    4.PNG

    आर्थिक वर्ष २०७३/७४ को यो अवधिमा बजार परिसूचकमा २१७.२७ अंकले बढेको थियो । सो वर्षको पुस मसान्तमा १४७९.८६ विन्दुमा रोकिएको परिसूचक चैत मसान्तमा पुग्दा १६९७.१३ विन्दुमा पुगेको थियो । 

    5.PNG


    images
    images

    Logo