काठमाडौँ । आज १५ कम्पनीले साधारण सभा गदैछन् । बिहीबार नेप्सेमा सुचीकृत भएका ती कम्पनीहरुले आज एकैदिन साधारणसभा बोलाएका हुन् ।
आज सभा बोलाउनेमा कृषि विकास बैंक, एनसीसी बैंक, मञ्जुश्री फाइनान्स, गुडविल फाइनान्स, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स, श्री इन्भेष्मेन्ट एण्ड फाइनान्स, बरुण हाइड्रोपावर कम्पनी, माउन्टेन हाइड्रो नेपाल, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट, नारायणी डेभलपमेन्ट बैंक, मानुषी लघुवित्त, सामुदायिक लघुवित्त, मिथिला लघुवित्त, मिर्मिर लघुवित्त र चन्द्रागिरी हिल्स रहेका छन् ।
सभा बोलाएका कम्पनीमध्ये ७ वटा कम्पनीले लगानीकर्ताको हात खाली बनाएका छन् । बाँकी कम्पनीले लाभांश दिने भएका छन् । जसमा मिथिला लघुवित्त, वरुण हाइड्रोपावर कम्पनी, माउन्टेन हाइड्रो नेपाल, सामुदायिक लघुवित्त, मानुषी लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, चन्द्रागिरी हिल्सले लगानीकर्ताले यो वर्ष लाभांश घोषणा गरेका छैनन् । बाँकी कम्पनीले लाभांश दिनेछन् ।
कृषि विकास बैंकले मुनाफाबाट २० प्रतिशत बोनस र १.०५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभाबाट पारित गर्नेछ । सभाको लागि सो बैंकले पुस १६ गते बुक क्लोज गरेको छ ।
एनसीसी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश रहेको छ । सभाको लागि भन्दै पुस १२ गते बुक क्लोज गरेको छ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आर्थिक बषको मुनाफाबाट ७.७ प्रतिशत बोनस र ३.३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ । सभाको लागि पुस २२ गते बुक क्लोज गरेको छ ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले गत आर्थिक बषको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश रहेको छ । सभाको लागि भन्दै पुस २२ गते बुक क्लोज गरेको छ ।
मिर्मिर लघुबित्तले गत आर्थिक बषको मुनाफाबाट ३० प्रतिशत बोनस शेयर र नगद लाभांश दिएको छैन् । सभाको लागि भन्दै पुस १९ देखि २९ गते बुक क्लोज गरेको हो ।
गुडविल फाइनान्सले मुनाफाबाट ९.१ प्रतिशत बोनस र ३.९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभाबाट पारित गर्ने भएको छ । सभाको लागि पुस १६ देखि २९ गतेसम्म बुक क्लोज गरेको हो ।
एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले गत आर्थिक बषको मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद लाभांश रहेको छ । सभाको लागि भन्दै पुस २५ गते बुक क्लोज गरेको हो।
मञ्जुश्री फाइनान्सले गत आर्थिक बषको मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र ४० प्रतिशत नगद लाभांश रहेको छ । सभाको लागि भन्दै पुस १५ गते बुक क्लोज गरेको हो ।



