images
images

ठूला दुई कम्पनीको शेयरमा उच्च उतारचढाव


  • 732
    SHARES
  • २०७८ पौष २८ गते बुधबार

    ठूला दुई कम्पनीको शेयरमा उच्च उतारचढाव

    काठमाडौं । बजारमै ठूला मानिएका दुई कम्पनीको शेयरमा आज उच्च उतारचढाव देखिएको छ । बजारकै सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको नेपाल टेलिकम र अर्को ठूलो कम्पनीको रुपमा रहेको नेपाल इन्फास्ट्रक्चर बैंकको मूल्यमा आज ठूलो वृद्धि र गिरावट देखिएको हो । 

    आज इन्फास्ट्रक्चर बैंकको शेयरमूल्य ३३.९० रुपैयाँले बढेर सकारात्मक सर्किट लागेको छ । २० करोड कित्ता सूचीकृत शेयर रहेको सो बैंकको आज मात्रै ६ अर्ब ६० करोड रुपैयाँको बजार पुँजीकरण बढेको छ । 

    ]उता नेपाल टेलिकमको मूल्य भने आज झन्डै ४९ रुपैयाँले घटेको छ । १५ करोड कित्ता शेयर सूचीकृत रहेको सो कम्पनीको मूल्यमा भएको यो गिरावटले ७ अर्ब ३५ करोड रुपैयाँको पुँजीकरण घटेको छ । 


    images
    images

    Logo