काठमाडौं । प्रगेशिभ फाइनान्सले यसअघि प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्याय गरेको हो ।
यसअघि कम्पनीले २०७७/७८ काे मुनाफा बाट चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद गरी कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
उक्त्त लाभांशलाई घटाएर परिमार्जित लाभांश अनुसार अब कम्पनीले ६ प्रतिशत बोनस र ०.३१५७ प्रतिशत नगद वितरण गर्ने घाेषणा गरेकाे छ ।
प्रस्तावित परिमार्जित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति भइ आगामी वार्षिक साधारणसभाबाट पारित भए पश्चात वितरण गरिनेछ ।