काठमाडौं । जानकी फाइनान्सले १५.७८ प्रतिशत लाभांश घोषणा गरेको छ । मंगलबार दिउसाे बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
सो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।