मंगलबार । नेपाल स्टक एक्सचेञ्ज परिसुचक (नेप्से) ४९ दशमलव १९ अंकले बढेको छ । आज साताको तेस्रो दिन नेप्से बढ्दा २ हजार ८ सय ३४ दशमलव १३ अंकमा पुगेको छ ।
आज शेयर बजारमा ६ अर्ब ७२ करोड रुपैयाँ बराबरको १ करोड १९ लाख कित्ता शेयर किनबेच भएको छ ।
२ सय ६० कम्पनीको शेयर बढ्दा अधिकाशं फाइनान्स कम्पनी र विकास बैंकको शेयरमा सर्किट लागेको छ । सबैभन्दा बढी कमाउने नारायणी डेभलपमेन्ट बैंक लगानीकर्ता रहेका छन् ।
आज कारोबार आएका १३ समुहको परिसुचक मध्य १ समुहको परिसुचक राताम्मे भएको छ भने १२ समुहको परिसुचक हरियाली छाएको छ ।