images
images

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने समय थप


  • 337
    SHARES
  • २०७८ पौष २७ गते मंगलबार

    नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने समय थप

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद शेयरमा आवेदन दिने समय थप गरेको छ । पुष २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्याय गरेको हो ।  

    बैंकले पुष ७ गते देखि २७ गतेसम्म १ बराबर १ अनुपातका दरले १३ लाख १२ हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो उक्त हकप्रद शेयर विक्री भइनसके पछि बैंकले फेरि आवेदन दिने समय थप गरि माग १२ गतेसम्म पुर्याएको छ । 

    कम्पनीको हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीले मंसिर २४ गते बुक क्लोज गरेको छ । २३ गतेसम्म कायम रहेका लगानीकर्ताले बैंकले आवेदन दिन सक्नेछन् । आवेदन बिक्री प्रबन्धकका साथै नारायणी डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा शाखा कार्यालयहरु टाँडी, भरतपुर, हाकिमचोक चितवनमार्फत आवेदन दिन सकिन्छ । यस्तै सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ । 


    images
    images

    Logo