images
images

टेलिकमको मूल्यले उचालियो शेयर बजार, फाइनान्स र हाइड्रोको ‘कमब्याक’


  • 463
    SHARES
  • २०७८ पौष २६ गते सोमबार

    टेलिकमको मूल्यले उचालियो शेयर बजार, फाइनान्स र हाइड्रोको ‘कमब्याक’

    काठमाडौं । दिनभरको तीव्र उतारचढावबीच नेप्से परिसूचक १९ अंकले बढेको छ । सोमबार बजार परिसूचक १९.४३ अंकले बढेर २ हजार ७ सय ८४ दशमलब ९५ विन्दुमा पुगेको हो । 

    सुरुवाती ५ मिनेटसम्म बढेको सोमबारको बजार त्यसपछि ३० अंक भन्दा धेरैले घटेको थियो । तर, १५ मिनेटपछि नै बजार बढेर २ हजार ८ सय विन्दुभन्दा माथि पुग्यो । 

    सो मनोबैज्ञानिक विन्दुलाई भेटेपछि भने बजार फेरि घट्न थाल्यो तीव्र उतारचढावबीच अन्तिम नकारात्मक अवस्थामा रहेको बजारलाई अन्तिम आधा घण्टाले साथ दिएपछि सो बराबरको वृद्धि हासिल गर्न सफल भएको हो । 

    बजारमा आज फाइनान्स, हाइड्रोपावर र अन्य समूहको शेयरका उच्च वृद्धि भएको छ । नेपाल टेलिकमको शेयर आज एकैदिन ७३.५० रुपैयाँले बढेर १ हजार ४ सय ३१ दशमलव ५० मा पुगेको छ । यो वृद्धिले मात्रै बजारमा ११ अर्ब भन्दा बढीको पुँजीकरण थपिएको छ । आज बजारमा कुल २८ अर्ब बराबरको पुँजीकरण थप भएको छ । यसमा टेलिकमको हिस्सा मात्रै ४० प्रतिशत छ । 
    यद्यपि आज फाइनान्स समूहका अधिकांश कम्पनीको मूल्य बढेको छ । त्यस्तै, हाइड्रो परिसूचकमा पनि उच्च वृद्धि देखिएको छ ।

    कारोबार रकमका आधारमा पनि आज बजारमा उत्साह देखिएको छ । अघिल्लो दिनको ७ अर्बको कारोबार रकमलाई आजको बजारले पनि पछ्याएको छ । 


    images
    images

    Logo