काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २ वटा कम्पनीको ८९ लाख कित्ता बोनस शेयर सुचिकृत भएको छ ।
कुमारी बैक र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कुमारी बैंकको ६ प्रतिशत बोनस शेयर बापतको ८३ लाख २७ हजार ८ सय ४ दशमलब ९० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
लक्ष्मी लघुवित्त वित्तिय संस्थाको २० प्रतिशत बोनस बापतको ६ लाख ४० हजार ९० कित्ता शेयर नेप्सेमा सुचिकृत भएको हो ।
सबै कम्पनीको बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।