काठमाडौं । महालक्ष्मी विकास बैंककाे वार्षिक साधारण सभा स्थगित भएको छ । पुष २५ गते हुने भनिएको बैंकको साधारणसभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको हाे ।
उक्त स्थगित सभा अब माघ ३ गते बिहान १० बजे बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग, काठमाडौँमा भर्चुअल माध्यमबाट हुने भएको छ । बैंकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
उक्त प्रस्ताव पारित गर्न बैंकले पुष २५ गते आर्मी अफिसर्स क्लब, भद्रकालीमा साधारण सभा बोलाएको थियो । तर गणपुरक संख्या नपुगेका कारण साधारण सभा स्थगित भएपछि माघ ३ गते बस्ने साधारण सभाले सो प्रस्ताव पारित गर्नेछ ।